समाचारहोमपेज

अध्यक्ष बज्रध्वजद्धारा तामाङ डम्फु समाजको कार्यालय उद्घाटन

सिन्धुली,हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले लाटिखोला स्थित हरिहरपुरगढी तामाङ डम्फु समाजको कार्यालय उद्घाटन गर्नुभएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजनामा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यता उद्घाटन सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, गाउँपालिकाका प्रवक्ता अध्यक्ष कमल राई , माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका इन्चार्ज ज्ञान बहादुर राई लगायत अन्य पार्टीका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष वज्रधवज वाइबाले तामाङ समुदायको संस्कृति जगेर्ना गर्नको लागि तामाङका विभिन्न संघसंगठनहरु सक्रिय हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा इतिहासका विषयलाई डम्फु बजाएर डम्फुरेहरुले प्रस्तुतु गर्नुभएको थियो ।

चाडपर्वमा मात्रै नभएर आफ्नो सँस्कार सँस्कृतिलाई सदैव जोगाएर राख्नुपर्ने उहाँले बताउनुभयो । आगामि आर्थिक वर्षमा उहाँले हरिहरपुरगढी तामाङ डम्फु समाजको कार्यालयलाई थप विस्तार गरिने बताउनुभयो ।

तामाङ जाति मात्रै नभएर सम्पुर्ण जातजातिको पहिचान जोगाउनको लागि गाउँपालिकाबाट बजेट बिनियोजन गरिने उहाँले बताउनुभयो । वजेटको सदुपयोग गरेर आफ्नो भेषभुषा,सँस्कृति,भाषालाई जोगाउन सक्रिय रुपले अगाडि वढ्नुपर्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *