सिन्धुली माओवादी कार्यकर्तालाई प्रशिक्षित गर्दै
सिन्धुली,नेपाल कम्युनिष्ट पार्टी(माओबादी केन्द्र) जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा सन्चालित दुई दिने प्रशिक्षक प्रशिक्षण उदघाटन कार्यक्रम पार्टीका उप–महासचिव हरिवोल गजुरेलले गर्नुभयो । जनताको दिमागवाट डिलेट भएको माओवादीको क्रान्तीकारी इतिहाँसलाई हुलाकी मार्गवाट सुरुभएको अभियानले पुनःजनताको दिमागमा रि–स्टोर गरेको दावी गजुरेलको छ ।

प्रशिक्षण कार्यक्र उद्घाटन गर्दै उहाँले हुलाकी मार्गवाट सुरु भएको अभियान पछि माओवादीले गति लिएको वताउनुभयो । विचारको तागत महत्वपुर्ण छ । त्यो सवैले वुझ्न जरुरी छ । पार्टीले सहि विचार धारा लिएको छ । अव हाम्रो पार्टी रहर लाग्दो वन्छ उहाँले प्रशिक्षण कर्याक्रम उद्घाटन गर्दै भन्नुभयो ।

यसैगरी प्रशिक्षण उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा प्रशिक्षण विभागका उप–प्रमुख गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रले एउटा क्रान्ती पुरा गरेर अर्को क्रान्ति समाजवादको यात्रा र समाजवादी क्रान्तिमा पार्टी लागेको वताउनुभयो । कार्यक्रम सिन्धुलीको कमलामाई पार्टी प्यालेसमा शनिवार र आईतवार दुई दिन चल्ने छ ।
जिल्लाको ९ पालीका पार्टी कमिटीको सिफारिसमा ९० जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन । प्रशिक्षणमा सहभागीहरुलाई डिवि ढकाल,युवराज चौलागाई र सुर्य सुवेदी (पथिक)ले राजनितीक,आर्थिक सहितका अन्य विषयमा प्रशिक्षण दिने छन ।
