नेपाली जनप्रगतिशील मञ्च जापान च्युबू मिए क्षेत्रीय समितिको संगठन सुदृढिकरण कार्यक्रम

जापान,नेपाली जनप्रगतिशील मञ्च जापान, च्युबू मिए क्षेत्रीय समितिको आयोजनामा नागोयामा बार्बेक्यू तथा संगठनात्मक सुदृढिकरण कार्यक्रम सम्पन्न भएको छ। मनोरन्जन, सांगठनिक सुदृढिकरण, र सचेतनामूलक कार्यक्रम गर्ने उदेश्यका साथ आयोजना गरिएको क्षेत्रीय इन्चार्ज हरीदोङ तामाङले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अथिति माओवादी केन्द्र, एशिया प्रदेश सह(संयोजक डा.भूपालमान श्रेष्ठले संगठनले राजनैतिक तथा सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको र आगामी दिनमा अझै कटिबद्ध र एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले जापान सरकारले यही जून महिनाबाट लागू गरेको आम्दानी र पारिवारिक संख्याको आधारमाँ निश्चित रकम कर कटौती (तेईगाकुगेनजेई)को बारेमा जानकारीमूलक बिसयबस्तु प्रस्तुत गर्नु भयो।

त्यसैगरी एशिया प्रादेश सदस्य तथा जनप्रगतिशील मञ्च जापानका इन्चार्ज सालीकराम भण्डारीले बैचारिक प्रशिक्षण दिनुभयो भने नेकपा माओबादी केन्द्र एशिया प्रदेश महिला संयोजक कालिका थापाले आधा आकाश ढाक्ने महिलाहरूलाई राजनीतिक र सामाजिक क्षेत्रमा सहभागिता बढ़ाऊने कुरामा जोड दिनुभयो। त्यसैगरी नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले संगठनलाई र प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाएर लगिने र जापानमा रहेका विशेष गरि बिद्यार्थी, डिपेण्डेन्ट, कुक लगायतका समस्या समाधान गर्न हेल्पडेस्क बनाएर अगाडि बडीरहेको र सहयोग गरिरहेको बताऊनु भयो।

कार्यक्रममाँ संगठनका अनुशाशन विभागका संयोजक अर्जुन ढकाल, कन्साई क्षेत्रीय समिति इन्चार्ज प्रकाश गैरे, कान्तो क्षेत्रीय समितिका अध्यक्ष सुनील देवकोटा, च्युबु मिए क्षेत्रीय समितिका अध्यक्ष रन्जित गौतमले मन्तव्य राख़्नु भएको थियो। कार्यक्रमको अध्यक्षता च्युबु मिए क्षेत्रीय समितिका उपाध्यक्ष किरण तिवारी, सञ्चालन सह(सचिब रन्जित राना र स्वागत मन्तव्य अर्का उपाध्यक्ष मनोज अधिकारीले राख़्नुभएको थियो।

कार्यक्रम द्यद्यत्त का साथै मनोरन्जनात्मक, जानकारीमूलक तथा सांगठनिक रूपमाँ निकै उपलब्धिमूलक, भव्य र सभ्य रूपमाँ सम्पन्न भएको क्षेत्रीय अध्यक्ष रन्जित गौतमले बताउनु भयो। कार्यक्रम इचिनोमिया शहरको ओनो पार्कमाँ सम्पन्न भएको कार्यक्रममा सहभागी कान्ता गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X