हाँडीखोलाले बगाउँदा मन्जिल तामाङको मृत्यु
सिन्धुली,तिनपाटन गाँउपालीकाको हाँडीखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको तीनपाटन गाउँपालिका ११ मा रहेको हाँडीखालाले बगाउँदा वडा नम्वर ४ लुभु बस्ने कमल तामाङ र विमला तामाङको चार वर्षिय छोरा मन्जिल तामाङको मृत्यु भएको छ ।
हाँडी खोलाको दोभानमा ढुङगाको च्यापमा अडकी अवस्थामा स्थानीय सेतीमाया अछामी मगरले देखेपछि प्रहरी स्थानीयको सहयोगमा खोलाबाट उद्धार गरी लाम्पान्टार स्वास्थ्य केन्द्रमा पुर्याएका थिए। चिकित्सकले मृत घोषणा गरे पछि बालकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
