सात सहकारीको दर्ता खारेज

सिन्धुली,कमलामाई नगरपालिकाले मातहतका सात वटा सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । लामो समय देखि गतिविधि नगरी निष्कृय रहेका सात वटा सहकारी संस्था खारेजीमा परेका हुन ।

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य प्रसाद दाहालले दिएको जानकारी अनुसार कमलामाई नगरपालिका ८ मा रहेको कमलामाई सृजनशिल जडिबुटी सहरकारी संस्था, वडा नम्बर ३ मा रहेको जनशक्ति जुनार उत्पादन कृषि सहकारी संस्था, वडा नम्बर १० को वनस्पती जडीबुटी र एकिकृत सामुदायिक विद्युत सहकारी संस्था खारेज भएका छन ।

कमलामाई नगरपालिका ११ रानिचुरीमा रहेका रानीचुरी कृषि सहकारी संस्था, वडा नम्बर १४ रानिवासमा रहेको रानिवास दलित उत्थान कृषि सहकारी संस्था र वडा नम्बर ११ मा रहेको रानीचुरी दलित उत्थान सहकारी संस्थाको दर्ता खारेजी गरिएको हो । यि सहकारी संस्थाहरु २०५९ देखि २०७१ सम्ममा डिभिजन सहकारी कार्यालय धनुषामा दार्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X