गाडी दुर्घटनामा मन्थली नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु
मन्थली,आईतवार बिहान रामेछापको मन्थलीबाट हेटौँडा जाँदै गरेको एउटा स्कारपियो गाडी दुर्घटना हुँदा मन्थली नगरपालिकाका कार्यरत स्वास्थ्यकर्मी राधा कार्की चौहानको मुत्यु भएको छ । उनी आफ्ना पति उत्तम चौहानसँगै छोरालाई भेट्न जाँदै थिइन ।
मन्थलीको शहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्ज राधा कार्की चौहान आफ्नो पतिको साथमा छोरालाई भेट्न हेटौँडातर्फ जाँदै थिइन् ।
विद्युत् प्राधिकरणमा कार्यरत उनका पति उत्तम चौहान आफै गाडी चलाइरहेका छन । पति चौहान भने घाइते भए । उनलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
