अन्यसमाचारहोमपेज

नेपाली जनप्रगतिशील मञ्च च्युवु मिए समितिले तीज विशेष कार्यक्रम आयोजना गर्यो

जापान,नेपाली जनप्रगतिशील मञ्च च्यूवु मिए क्षेत्रीय समितिले जापानमा हरितालिका तीज २०८२ को शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ।

भदौ २३ गते आइतबार दिउँसो दोवान ईन्डियन नेपाली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा प्रवासी नेपाली दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा तीजका परम्परागत गीत–संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरूले माहोल उल्लासमय बनेको थियो।

सहभागीहरूले एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै दर खाने रमाईलो गरेका थिए र आयोजकलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै समिति ले आगामी दिनमा पनि सामाजिक र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *