अन्य खेल

४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना

कार्यक्रमका क्रममा प्रमुख अतिथि मेहताले टिम च्याम्पियनसिप ट्रफी अनावरण गरे। उनले राष्ट्रिय प्रतियोगिताले खेलकुद विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

२०८३ बैशाख ३१264 views
Share
४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना

काठमाडौं। काठमाडौँस्थित त्रिपुरेश्वर रंगशालामा “४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता” भव्य रूपमा रामचरित्र मेहताले उद्घाटन गर्नु भयो । नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ।

कार्यक्रम नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भयो। उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, ओलम्पिक कमिटी का पदाधिकारीहरू, पूर्व राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनहरू, नेपाल ब्याडमिन्टन संघका पदाधिकारी तथा सदस्यहरू र विभिन्न प्रदेशका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा प्रमुख अतिथि मेहताले टिम च्याम्पियनसिप ट्रफी अनावरण गरे। उनले राष्ट्रिय प्रतियोगिताले खेलकुद विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

यस प्रतियोगितामा देशभर तथा तिन विभागीय टिम नेपाल प्रहरी,नेपाली सेना तथा शसस्त्र प्रहरी सहित कुल ११५ खेलाडी सहभागी छन्। जसमा ७० पुरुष र ४५ महिला खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् संघका प्रवक्ता बेनुपराज खत्री ले जानकारी दिए। प्रतियोगीता काठमाडौंको दशरथ रंगशालाको कर्भडहलमा भैरहेको छ । वैशाक ३० गते देखी संचालन भएको प्रतियोगिता जेठ दुई गते समापन हुने छ ।