आफन्त र दलित अगुवाहरुले जिल्ला प्रशासनमा दिए धर्ना
कृष्णका आफन्त र दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिँदै मृत्यु भएको अवस्थाको सिसि क्यामेराको फुटेज सार्बजनिक गर्नुपर्ने देखि निस्पक्ष छानबिन सहित न्यायको माग गरेका छन
२०८३ बैशाख १०253 views
Share

सिन्धुली,ईलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत मृत्यु भएका सिन्धुली सुनकोसी गाउपालिका ३ ताम्लीका श्रीकृष्ण बि.क को आफन्तहरुले हिरासत कक्षमा सङ्कास्पद मृत्यु भएको भन्दै दलित सेवा संघ सिन्धुलीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
कृष्णका आफन्त र दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिँदै मृत्यु भएको अवस्थाको सिसि क्यामेराको फुटेज सार्बजनिक गर्नुपर्ने देखि निस्पक्ष छानबिन सहित न्यायको माग गरेका छन ।