नेपालीहरु विच जापानको नागोयामा ‘हाम्रा कुरा सम्वन्धी अन्तरकृया
कार्यक्रम एनआरएन ए क्षेत्रीय समिति नागोयाका सदस्य चन्द्रप्रकाश भूसालको संयोजनमा सम्पन्न भएको थियो भने सचिव सागर थापा बगालेले सञ्चालन गर्नुभएको थियो

कान्ता गिरी
जापान,गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान,क्षेत्रीय समिति नागोयाको आयोजनामा जापानमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै नियम–कानुन, भिसा, कर, बिमा तथा पेन्सन सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको निःशुल्क परामर्श कार्यक्रम ‘हाम्रा कुरा’ दोस्रो संस्करण नागोया कोकुसाइ सेन्टरमा सम्पन्न भएको छ।
कार्यक्रममा जापानको भिसा तथा अध्यागमन सम्बन्धी विषयमा अनुभवी प्रशासनिक कानुनी परामर्शदाता हिबी यासुमोतोले विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँले स्थायी बसोबास भिषा, गिजिन्कोकू भिसा, तोकूतेई गिनोउ भिसा तथा व्यवसाय व्यवस्थापन भिसा लगायत विभिन्न भिसा प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराउनु भयो।
त्यसैगरी, जापानका सरकारी वडा कार्यालयमा लामो समयदेखि कार्यरत मनोज ढुंगानाले भाषा सहजीकरणसँगै कर, बिमा तथा पेन्सन सम्बन्धी व्यावहारिक जानकारी प्रस्तुत गर्नुभयो। कार्यक्रममा सहभागीहरूले आफूलाई अन्योल भएका विभिन्न विषयमा प्रत्यक्ष अन्तरकृया गर्ने अवसर समेत पाएका थिए।
कार्यक्रम एनआरएन ए क्षेत्रीय समिति नागोयाका सदस्य चन्द्रप्रकाश भूसालको संयोजनमा सम्पन्न भएको थियो भने सचिव सागर थापा बगालेले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा एनआरएनए अभियन्ता तथा समाजसेवी दीपक कार्की, एनआरएनए जापानका महासचिव श्याम शीतल, क्षेत्रीय अध्यक्ष योमन देवान, समाजसेवी डिलाराम खरेल लगायत नागोयामा बसोबास गर्ने विभिन्न नेपाली समाजसेवी, व्यवसायी तथा पेशाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूको उत्साहजनक उपस्थितिका बीच सम्पन्न उक्त कार्यक्रम नेपाली समुदायका लागि अत्यन्त उपयोगी, जानकारीमूलक तथा प्रभावकारी बनेको आयोजकले जनाएको छ। आगामी दिनमा समेत यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने आयोजकले वताएका छन।