नयाँ आर्थिक वर्ष देखी मरिण पालीकावाटै भुमी प्रशासनको सम्पुर्ण काम हुने
मरिण गाँउपालीले जग्गा जमिन रजिष्ट्रेसन पास तथा कित्ताकाट, नक्सा पास गाउँपालिकाबाटै सुरु गर्ने जनाएको छ । नयाँ आर्थिक वर्षवाट भुमि सम्वन्धी सम्पुर्ण काम पालीवाटै गर्ने तयारी भएको छ

सिन्धुली,मालपोत प्रशासन कार्यालयवाट हुने सम्पुर्ण काम मरिण पालीकावाटै हुने भएको छ । मरिण गाँउपालीले जग्गा जमिन रजिष्ट्रेसन पास तथा कित्ताकाट, नक्सा पास गाउँपालिकाबाटै सुरु गर्ने जनाएको छ । नयाँ आर्थिक वर्षवाट भुमि सम्वन्धी सम्पुर्ण काम पालीवाटै गर्ने तयारी भएको छ । मरिणका नागरिकको लागी यो व्यवस्था मिलाई दिएकोमा स्थानिय मरिण सरकारलाई नेकपा मरिणका अध्यक्ष काजीमान थिङले धन्यवाद दिएका छन ।
मरिणका जनताको लागी यो खुशीको खबर भएको उनले वताए । यो संधीय व्यवस्थाको उपलब्धि हो । यो ब्यवस्था खारेज गर्न खोज्नेहरु प्रति मरिण वासी सचेत हुनुपर्छ नेकपा मरिणका अध्यक्ष थिङले वताएका छन ।