विद्यार्थी जीवन

सिन्धुलीको भगवती स्कुलले गर्यो उत्कृष्ट बिद्यार्थी सम्मान

विद्यालयले जिपीए ४ ल्याउने आफ्ना विद्यार्थीहरुलाई पहिले देखीनै सम्मान गर्दै आएको छ

२०८३ जेठ २७305 views
Share
सिन्धुलीको भगवती स्कुलले गर्यो उत्कृष्ट बिद्यार्थी सम्मान

सिन्धुली,जिल्लाको भगवती अङ्ग्रेजी स्कुलले एसईईका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । २०८२ सालको एसईई परिक्षामा भगवती माबि बाट जिपिए ४ अंक प्राप्त गरि उतिर्ण भएका ६ जना बिद्यार्थीहरुलाई जनही नगद ५० हजार १ सय ५ रुपैयाँ तथा प्रशंसा–पत्र प्रदान गरेको छ ।

विद्यार्थीको उत्कृष्ट शैक्षिक उपलब्धि,अनुकरणीय आचरण तथा समग्र व्यक्तित्व विकासको कदरस्वरूप उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । यो सम्मानले भविष्यमा अझ उच्च तहमा सफलता हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिइएको विद्यालय संचालक समितिका अध्यक्ष संजयकुमार दाहालले वताए ।

सो विद्यालयले एसईई परिक्षामा जिपीए ४ ल्याउने आफ्ना विद्यार्थीहरुलाई पहिले देखीनै सम्मान गर्दै आएको छ ।