शिक्षा

सिन्धुलीमा ५ हजार २ सय ३ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी हुने

शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीका शाखा अधिकृत युवराज राईका अनुसार १९ गते देखि हुने परीक्षामा जिल्लाका सामुदायिक,तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू गरी ५ हजार २ सय ३ जना परीक्षार्थीहरू सहभागी हुने भएका हुन्

२०८२ चैत्र १०434 views
Share
सिन्धुलीमा ५ हजार २ सय ३ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी हुने

सिन्धुली,चैत्र १९ गते देखी सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुलीबाट ५ हजार २ सय ३ जना परीक्षार्थीहरू सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीका शाखा अधिकृत युवराज राईका अनुसार १९ गते देखि हुने परीक्षामा जिल्लाका सामुदायिक,तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू गरी ५ हजार २ सय ३ जना परीक्षार्थीहरू सहभागी हुने भएका हुन् ।

शाखा अधिकृत राईका अनुसार सामुदायिक, निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई परीक्षामा सहभागि हुनको लागि यस वर्ष २० वटा केन्द्रहरु तोकिएका छन् । समन्वय इकाइका अनुसार नियमिततर्फ यस वर्ष ४ हजार ४ सय ६१ जना सहभागि हुने छन् । साथै प्राविधिक तर्फ २ सय ३१ जना, ग्रेडवृद्धितर्फ ५ सय ८ जना र २०७९ अघिका ३ जना परीक्षार्थीहरु यस वर्षको परीक्षामा सहभागि हुने छन् ।

गत वर्ष जिल्लाभर माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५ हजार ७ सय ७२ जना परीक्षार्थीहरु सहभागी भएका थिए भने २७ वटा केन्द्रहरु तोकिएका थिए । तर यसपटक भने परीक्षार्थी र केन्द्र दुवै घटेका छन् ।