सिन्धुली हरिहरपुरगढी ४ महेन्द्रझ्याडी घर भएका हाल कमलामाइ नगरपालिका धुराफाट बसोबास गर्ने ३२ बर्षिया शुसिला वम्जनलाई भान्सा कोठा भित्र पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा मृतकी सासु र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतककी नन्द मिना वम्जन र उनकी आमालाई पक्राउ गरिएको छ ।
प्रहरीको प्रारम्भीक वयानमा उनीहरुले घट्ना स्वीकार गरेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भोली आठ गते मंगलवार यो घट्नाको सम्पुर्ण जानकारी दिने जनाएको छ ।
