सिन्धुली,हरिहरपुरगढी ४ महेन्द्रझ्याडी स्थायी घरभै कमलामाइ नगरपालिका ४ विपी नगरमा बसोबास गर्ने ३२ बर्षिया सुशिला वम्जनलाई भान्सा कोठा भित्र पेट्रोल छर्केर आगोलगाई मारे पछि सासु ५९ वर्षीया माया रानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन)पक्राउ गरेको छ । श्रीमान,सासु र नन्दले दुई वर्ष देखी डिवोर्स दिन दवाव दिएका थिए । सुशिलाले डिवोर्स दिन इन्कार गर्दा ज्यानै गएको स्थानियले वताए । डिवोर्स मागेको कुरा सुशिलाले छिमेकी महिलाहरुसँग भन्ने गरेको उनीहरुले वताए । नन्द मीना केहि वर्ष देखी श्रीमानलाई डिवोर्स दिएर माईतमा वस्दै आएकी छिन ।
माईती पक्षको किटानी जाहेरी बमोजिम पक्राउ प्रतिवादी माया रानी र मीना विरुद्ध सोमबार नै ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्धा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ ।
नन्द र सासुले वुहारीलाई आयो लगाएर वाहिर वाट ढोकामा चुक्कुल लगाई दिएका रहेका छिमेकी महिलाहरुले वताए । हामीले हल्ल खल्ल गर्दा पनि सासु र नन्दले चासो नगरेको छिमेकीहरुको गुनासो गरे । शुसिला कोठा भित्र जल्दै गरेको देखेका छौै । उनी चिच्याई रहेकी थिईन । मुलगेटमा थाल्चा लगाई दिएको रहेछ हामी भित्र पस्न सकेनौ उनलाई वचाउन सकिएन उनीहरुले भने ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी सूर्य प्रकाश सुवेदीकाअनुसार सोधपुक्षकै क्रममा नन्द मीनाले भाउजु सुशिलाको शरीरमा पेट्रोल छर्की आगो लगाएको स्विकार गरेका छन ।
प्रहरीमा हरिहरपुरगढी गाउँपालिका–४ बस्ने बुबा प्रेमबहादुर घिसिङले सुशिलाको सासु माया रानी र नन्द मीना विरुद्ध किटानी जाहेरी दिएका छन । किटानी जाहेरीमा सुशिलालाई पटक–पटक घरेलु हिंसा गरेको, याताना दिंदै आएको र हत्या परेको उल्लेख छ ।
दुई वर्षदेखि वैदेशीक रोजगार कोरीयामा रहेका सुशिलाको पति आएर पछि मात्रै शव बुझ्नु पर्ने माइती पक्षको अडानका कारण शव पोष्टमार्टम हुन सकेको छैन।
उनीहरुलाई जिल्ला अदालतवाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । हत्यारालाई कारवाही को माग गर्दै आफन्त तथा छिमेकीहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै आएका छन ।
