सिन्धुली,राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीले फागुन २१ गते हुने प्रतिविधि सभा सदस्यको निर्वाचनको लागी उम्मेदवारहरुको नाम टुंग्याएको छ । हिजो शुक्रवार सिताराम पार्टी प्यालेसमा भएको जिल्ला भेलाले क्षेत्र नम्वर १ मा निसान वुढाथोकी र क्षेत्र नम्वर २ मा वृख मोम्जन (अशोक) र अविनास वस्नेतको नामा केन्द्रमा सिफारिस गरेको रास्वपाका एक नेताले वताए ।
सिन्धुली क्षेत्र नम्वर २ मा उज्वल विक्रम थापाको नाम रास्वपावाट चुनाव उठ्ने चर्चा भए पनि थापा पार्टी सम्पर्कमा आएका छैनन । थापा भन्दा वाहेक संगठनले उम्मेदवारहरुको नाम पार्टी केन्द्रलाई पठाएको वताए । संगठनमा नजोडिएको व्यक्ती थापा कसरी हाम्रो उम्मेदवार वन्न सक्लान उनले भने ।
सिन्धुली क्षेत्र नम्वर १ वाट रास्वपाको उम्मेदवार सिफारिस भएका वुढाथोकी तिनपाटन गाँउपालीका ५ लंगुरखोलाका हुन । क्षेत्र नम्वर दुईका वृख मोम्जन मरिण गाँउपालीका ५ र वस्नेत मरिण गाँउपालीका ६ का हुन ।
