क्यानखोला पुलको फर्मा पल्टीदा ४ मजुदर घाईते

सिन्धुलीको हरिहरपुरगढी गाँउपालीका ७ क्यानखोला क्वाटरमा निर्माण भईरहेको पक्की पुलमा काम गर्ने क्रममा पुलको फर्मा पल्टिदा काम गर्ने कामदारहरू घाईते भएका छन् । घांईतेहरुलाई उपचारको लागि नारायणी अस्पताल बिरगंन्ज पठाईएको,जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाईते हुनेहरुमा जिल्ला पर्सा बहुदमाही नपा वडा नम्वर ५ बस्ने बर्ष ३३ को मनोज महतो, सोही स्थान वस्ने बर्ष ४५ को बिनोद महतो, सोही ठेगाना भएका वर्ष ४५ को अमलदेव महतो,सिन्धुली हरिहरपुरगढी गापा वडा नम्वर ७ वस्ने बर्ष ५० को मदन घलान घाईते भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X