अपराध

आमा छोरीले गरे वुहारीको शरिरमा पेट्रोल छर्केर हत्या

सिन्धुली हरिहरपुरगढी ४ महेन्द्रझ्याडी घर भएका हाल कमलामाइ नगरपालिका धुराफाट बसोबास गर्ने ३२ बर्षिया शुसिला वम्जनलाई भान्सा कोठा भित्र पेट्रोल

२०८२ पुष ७252 views
Share
आमा छोरीले गरे वुहारीको शरिरमा पेट्रोल छर्केर हत्या

सिन्धुली हरिहरपुरगढी ४ महेन्द्रझ्याडी घर भएका हाल कमलामाइ नगरपालिका धुराफाट बसोबास गर्ने ३२ बर्षिया शुसिला वम्जनलाई भान्सा कोठा भित्र पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा मृतकी सासु र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतककी नन्द मिना वम्जन र उनकी आमालाई पक्राउ गरिएको छ ।

प्रहरीको प्रारम्भीक वयानमा उनीहरुले घट्ना स्वीकार गरेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भोली आठ गते मंगलवार यो घट्नाको सम्पुर्ण जानकारी दिने जनाएको छ ।