विपी राजमार्ग भिमान-दुम्जा टाईमकाड हेरफेर हुने संकेत

सिन्धुली,जिल्ला प्रशासन कार्यालयमा वसेकाे सार्वदलिय वैठकले । भाेली शुक्रबार विहानवाट भिमान देखि सिन्धुली सम्म १७ किलोमिटर सडकमा टाईमकाड हटाउने भएको छ । सिन्धुली देखि दुम्जा सम्म विपि राजमार्गमा भैरहेको टाईमकाडलाई पुुन:विचार गर्न जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहाल संयाेजक रहेकाे एक समिति वनाएकाे छ । साे समितिकाेे सिफारिस काे आधारमा टाईमकाड राख्ने हटाउने विषयमा थप निणय गरिने भएको छ । साे वैठकमा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) नगर प्रमुख उपेन्द्र पाेखरेल,एमाले का नारायण वराल,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,प्रहरि प्रमुख एस्पी राजकुमार सिलवाल,यातायात व्यवसायी,नागरिक समाजका प्रतिनिधिहरू सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X