युएनटीओ सुनकोशीको अध्यक्षमा निर्मला सर्वसम्मत निर्वाचिन

सिन्धुली,एकीकृत अखिल नेपाल शिक्षक संगठन सुनकोशी गाँउपालीका समितीको चौथो सम्मेलनवाट निर्मला श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएकी छिन । उनी सुनकोशी गाँउपालीका ५ मुल्कोटमा रहेको पशुपति आधारभुत विद्यालयको प्रधानाध्यापक छिन ।

उपाध्यक्षमा उपाध्यक्षमा चन्द्रदिप न्यौपाने,युवराज तामाङ,गणेश थापा,सचिव धन दोर्जे तामाङ,कोषाध्यक्ष बिनय लामा तथा सदस्यहरुमा क्रमश राम बहादुर ट्याङ्ले,एन्जिला श्रेष्ठ,सुन्दर यस्माली,डिकमान घलान,नवराज बुढाथोकी,रामकृष्ण खत्री,राम कृष्ण खत्री,नम्रता राना,कटक बहादुर खड्का रहेका छन । पछि ४ सदस्य मनोनित गर्ने निर्णय भएको अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिईन । कार्यक्रमको उद्घाटन निर्वतमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले गर्नु भएको थियो । कार्यक्रममा सुनकोशी गाँउपालीका नेपाली कम्युनिष्ट पाटीैका नेताहरु,गाँउपालीका अध्यक्षको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *