स्थानीय राजनीति

कारवाहीको सिफारिस भएकी लक्ष्मी गुरुङ्ग कसरी वैंठकमा सहभागी

ज्वालाप्रसाद न्यौपाने लक्ष्मी गुरुङ्गलाई गोलन्जोर पार्टी कमिटीले कारवाहीको लागी सिफारिस गरेको हो । उहाँ चुनावमा मतदान गर्न आउनु भएको थिएन । १५ गते सम्पन्न वैठकमा कसरी गुरुङ्गको सहभागीता भयो आफुलाई जानकारी नभएको वताए

२०८३ जेठ १७669 views
Share
कारवाहीको सिफारिस भएकी लक्ष्मी गुरुङ्ग कसरी वैंठकमा सहभागी

सिन्धुली,नेपाली कम्युष्टि पार्टी सिन्धुलीको जेठ १५ गते सम्पन्न सचिवालय वैंठकमा पार्टीले कारवाही सिफारिस गरेको केन्द्रीय सदस्य लक्ष्मी गुरुङ्ग कसरी वैंठकमा सहभागी भईन प्रश्न उठेको छ । निर्वाचन पछि नेकपा सिन्धुलीको पहिलो वैठक वसेको थियो ।

फागनु २१ गते सम्पन्न आम निर्वाचनमा लक्ष्मी गुरुङ्ग चुनावमा मतदान गर्न नआएको र पार्टी केन्द्रले भुगोलमा चुनाव प्रचार गर्न दिएको जिम्मेवारी पनि वहन नगरेको भन्दै नेकपा माओवादी केन्द्र गोलन्जोर गाँउ कमिटीका अध्यक्ष रोषन श्रेष्ठले माओवादी,समाजवादीको संयुक्त चुनावी समिक्षा वैठक सिन्धुलीमा गुरुङ्गलाई कारवाही गर्न माथिल्लो कमिटीलाई सिफारिस गरेका थिए ।

श्रेष्ठले गोलन्जोर गाँउ कमिटीले कारवाही गरेको निर्णय समिक्षा वैठकमा पढेर सुनाएका पनि थिए । केन्द्रिय सदस्य गुरुङ्गको घर गोलन्जोर गाँउपालीका वडा नम्वर ४ तिनकन्या हो ।

तत्कालीन माओवादी,समाजवादीको संयुक्त चुनावी समिक्षा वैठकमा चुनावमा विनोद विक सहितका केही व्यक्तीहरु पार्टीका उम्मेदवार विरुद्ध लागेको भन्दै समिक्षा वैठकमा वस्न नमिल्ने सुझाव सहित वैठकवाट निकालिएको थियो । र विक सहितको टोलीलाई नेकपाले कारवाही गरि सकेको छ ।

निर्वाचन पछि नेकपा केन्द्रिय चुनावी समिक्षा वैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीको चुनाव चिन्हमा मतदान नगर्ने,जिम्मेवारी पुरा नगर्ने केन्द्रिय सदस्यलाई पार्टीले कारवाहि गर्ने र उनीहरुको नामावली संकलन गर्न पार्टी मतहतालाई निर्देशन दिनु भएको थियो ।

नेकपा सिन्धुलीका सह संयोजक ज्वालाप्रसाद न्यौपाने लक्ष्मी गुरुङ्गलाई गोलन्जोर पार्टी कमिटीले कारवाहीको लागी सिफारिस गरेको हो । उहाँ चुनावमा मतदान गर्न आउनु भएको थिएन । १५ गते सम्पन्न वैठकमा कसरी गुरुङ्गको सहभागीता भयो आफुलाई जानकारी नभएको वताउँछन ।