मरिण गाँउपालीकाले केन्द्रिय सरकारको निर्णय नमान्ने,आईतवार विद्यालय खोल्ने
मरिण गाँउपालीकाले शुक्रवार देखी आईवार सम्म विद्यालय संचालन गर्ने भन्दै केन्द्रिय सरकारको निर्णय अस्वीकार गरेको छ
२०८३ बैशाख २१429 views
Share

सिन्धुली,मरिण गाँउपालीकाले शुक्रवार देखी आईवार सम्म विद्यालय संचालन गर्ने भन्दै केन्द्रिय सरकारको निर्णय अस्वीकार गरेको छ । गाँउपालीका राष्ट्रिय महासंघ नेपालवाट स्थानीय परिवेश र आवश्यकताको आधारमा पठनपाठन सुचारु गर्न सुझाव दिएकोले थियो ।
सो सन्दर्भमा मरिण गाँउपालीकाका प्रधानाध्यापकहरुसँग सुझावका आधारमा मरिण गाँउ कार्यपालीकाको वैठकले शुक्रवार देखी आईतवार सम्म विद्यालयमा संचालन गर्ने मरिण गाँउपालीका अध्यक्ष विमर्ष मोक्तान(प्रख्यात)ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।