प्रदेश राजनीति

मुख्य मन्त्री बानियाँको निवासमा छापा मार्नुको कारण सत्ता गठवन्धनको धारणा माग

प्रदेश संरचनाबारे गम्भीर प्रश्न उठिरहेको र सुशासन केन्द्रीय राजनीतिक प्रश्न बनिरहेको आजको संगीन परिबेशमा प्रदेशकै कार्यकारी नेतृत्वप्रति अबैध सम्पति आर्जनको आरोप लागि अनुसन्धान हुनु असामान्य कुरा हो चौलागाईले लेखेका छन

२०८३ बैशाख २२412 views
Share
मुख्य मन्त्री बानियाँको निवासमा छापा मार्नुको कारण सत्ता गठवन्धनको धारणा माग

मकवानपुर,वागमती प्रदेशका मुख्य मन्त्री इन्द्र बहादुर बानियांको व्यबसायिक कार्यालय र निवासमा सम्पति शुद्धीकरण अनुसन्धान विभागले छापा मार्नु अनुसन्धान गरेको घटना गम्भीर प्रकृतीको घटना भएको रामेछाप जिल्लावाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित साँसद युवराज चौलागाईले फेसवुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन ।

प्रदेश संरचनाबारे गम्भीर प्रश्न उठिरहेको र सुशासन केन्द्रीय राजनीतिक प्रश्न बनिरहेको आजको संगीन परिबेशमा प्रदेशकै कार्यकारी नेतृत्वप्रति अबैध सम्पति आर्जनको आरोप लागि अनुसन्धान हुनु असामान्य कुरा हो चौलागाईले लेखेका छन ।

यसबारे वागमती प्रदेशमा सरकार सञ्चालन गरिरहेको नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको आधिकारिक धारणा के हो सार्वजनिक होस । प्रतिपक्षी दलहरु पनि चुप लागेर वस्न नहुने सामाजीक संजालमा आफ्नो धारणा सार्वजनिक गरेका छन ।