वीरगञ्जमा कृष्ण सेन इच्छुक स्मृति दिवस,निरज पिठाकोटे र बलिराम यादव पुरस्कृत
प्रेस सेन्टर पर्साले स्थापना गरेको ‘सेन स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर तथा ‘सेन स्मृति क्रियाशील पत्रकार पुरस्कार’ बाट पुरस्कृत बलिराम यादव
२०८३ जेठ १६195 views
Share

वीरगञ्ज,महान शहीद कृष्ण सेन इच्छुकको २४औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल,पर्साद्वारा वीरगञ्जमा आयोजित पुरस्कार वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रेस सेन्टर पर्साले स्थापना गरेको ‘सेन स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर तथा ‘सेन स्मृति क्रियाशील पत्रकार पुरस्कार’ बाट पुरस्कृत बलिराम यादवलाई प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन।